आज: २२ बैशाख २०८१, शनिबार | Sat, 04, May, 2024

पछिल्लाे २४ घण्टामा २२७ जनामा काेराेना पुष्टि

गोकर्णेश्वर खबर२३ भाद्र २०७९, बिहीबार १८:०४ मा प्रकाशित (१ साल अघि) ४९ पाठक संख्या

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २२७ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ४ हजार ४०१ नमुना परीक्षण गर्दा २२७ जनामा संक्रमण पुष्टि भएको हो।

सोही अवधीमा थप १६८ जना निको भएका मन्त्रालयले जनाएको छ ।

त्यस्तै, देशभर सक्रिय संक्रमितको संख्या २ हजार ४७३ रहेको छ। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ।