आज: १६ बैशाख २०८१, आईतवार | Sun, 28, Apr, 2024

प्रधानमन्त्री अस्वस्थ्य,नर्भिक अस्पतालमा भर्ना

गोकर्णेश्वर खबर३० आश्विन २०८०, मंगलवार २१:३३ मा प्रकाशित (६ महिना अघि) २२३ पाठक संख्या

काठमाडौं । स्वास्थ्य जाँच गराउन नर्भिक अस्पताल पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको एन्जिओग्राम गरिने भएको छ ।

उपचारमा संलग्न एक चिकित्सकका अनुसार प्रधानमन्त्री प्रचण्डलाई पेट र छातीको बीचमा अप्ठेरो महसुस भएको थियो । प्रधानमन्त्रीको मुटुको एन्जिओग्राम गरिने उनले जानकारी दिए । यो परीक्षणले मुटुमा रहेका नशाबाट रक्तसञ्चार भएको वा नभएको पत्ता लाग्नेछ ।

यो परीक्षणको रिपोर्ट आएपछि चिकित्सकहरुले प्रधानमन्त्रीलाई भर्ना गर्ने वा नगर्ने निर्णय गर्नेछन् ।

छातीमा असहज महसुस भएपछि प्रधानमन्त्री प्रचण्ड मंगलबार साँझ नर्भिक अस्पतालमा पुगेका थिए ।

‘पछिल्ला दिनमा दौडधुप र तनावका कारण समस्या देखिएको हुनसक्छ’, प्रधानमन्त्री सचिवालय स्रोतले भन्यो, ‘के भएको हो कन्फर्म भएर जाऔं भनेर अस्पताल आएका हौं ।’