आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024

त्रिशूलीमा ट्याक्सी खस्दा पाँचको मृत्यु

गोकर्णेश्वर खबर१७ चैत्र २०८०, शनिबार ०९:३७ मा प्रकाशित (१ महिना अघि) २२४ पाठक संख्या

काठमाडौँ ,पृथ्वी राजमार्गमा आज विहान भएको सवारी दुर्घटनामा परी एक बालकसहित पाँच जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएको आशंका गरिएको छ ।

काठमाण्डौबाट गोर्खातर्फ जाँदै गरेको चितवनको ईच्छाकामना गाउँपालिकास्थित वडा नम्वर ५ को मुग्लिङ बजार नजिकै भएको हो । ट्याक्सी सडकबाट करिव पचास मिटर तल त्रिशुली नदीमा खसेर दुर्घटनामा परेको हो ।

बा २ ज ४१९६ नम्वरको सो ट्याक्सी दुर्घटनाको कारण भने खुलेको छैन । मृतक कसैको पनी शनाखत नभएको ईलाका प्रहरी कार्यालय मुग्लीनले जनाएको छ । बेपत्ता भएको आसंकामा एक जानको खोजी कार्य भईरहेको छ ।

मृत्यु भएका मध्ये एक बालक, तीन महिला र एक पुरुषसहित पाँच जना रहेका छन् ।