आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024

गोकर्णेश्वर नगरपालिकाले २ साहित्यकारलाइ सम्मान

गोकर्णेश्वर खबर२३ चैत्र २०८०, शुक्रबार १६:०२ मा प्रकाशित (३ हफ्ता अघि) १२२ पाठक संख्या
गोकर्णेश्वर नगरपालिकाले २ साहित्यकारलाइ सम्मान गरेको छ । बिहिबार प्रा. डा. ऋषिराम पोखरेल र कन्चन पुडासैनीलाई सम्मान गरेको हो ।
सम्मानीत २ साहित्यकारलाई सम्मान पत्र सहित जनही रु १००,०००। (एक लाख) नगदबाट सम्मान गरेको छ ।
कार्यक्रममा नगर प्रमुख दिपक रिसाल , नगर उपप्रमुख सान्नानी लामा नगर प्रवक्ता तथा गोनपा ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी, वडा नं. ८ का वडा अध्यक्ष नन्दलाल श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी लगायतको उपस्थिती रहेको थियो । नगर प्रमुख दिपककुमार रिसाल र उपप्रमुख सान्नानी लामाले २ साहित्यकारलाई सम्मान गर्नु भएको थियो ।