आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024

गोकर्णेश्वर 7A साइड फुटबल मेयर कप सम्पन्न

गोकर्णेश्वर खबर१७ चैत्र २०८०, शनिबार २२:५४ मा प्रकाशित (१ महिना अघि) १५९ पाठक संख्या
काठमाडौँ /  गोकर्णेश्वर नगरपालिकामा प्रथम 7A साइड फुटबल प्रतियोगिता (मेयर कप) सम्पन्न छ l
फाइनल खेलमा गोकर्णेश्वर नगरपालिका वडा नं २ र वडा नं ९ को प्रतिस्पर्धामा वडा नं ९ ले जित हात परेको छ भने वडा नं २ दोश्रो भएको छ l
बिजेता टिमले नगद ५० हजार र उप बिजेताले २५ हजार सहित शिल्ड मेडल र प्रमाण पत्र पाएका थिए l
प्रतियोगितामा नगर प्रमुख दिपक रिसाल, उप प्रमुख सान्नानी लामा, वडा अध्यक्षहरु, खेलकुद बिभागका संयोजक सन्जय लामा लगयतको उपस्थिति रहेको थियो ।