आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

सुष्मा लामाको हत्या आरोपमा एक जनालाई पक्राउ

गोकर्णेश्वर खबर४ चैत्र २०८०, आईतवार १५:१८ मा प्रकाशित (१ महिना अघि) ३३२ पाठक संख्या

गोकर्णेश्वर ३ तारेभीरका १८ वर्षीया सुष्मा लामाको हत्या आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले एक जनालाई पक्राउ गरेको छ।

प्रहरीले गोकर्णेश्वर नगरपालिका ३ का २१ वर्षीय रूपेन्द्र लामालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ।

रूपेन्द्रले सुष्मासँग आफ्नो एकतर्फी प्रेम रहेको बयान प्रहरीसमक्ष दिएका छन्।