आज: २२ बैशाख २०८१, शनिबार | Sat, 04, May, 2024

MISS TALENT 2024 काे पहिलाे अडिशन नुवाकोटमा १५ गते हुने

गोकर्णेश्वर खबर१० बैशाख २०८१, सोमबार २१:५६ मा प्रकाशित (१ हफ्ता अघि) ३३ पाठक संख्या

काठमाडौं । मिस ट्यालेन्ट २०२४ काे अावेदन फारम खुलेसँगै अडिशनकाे ठाउँहरु ताेकिएकाे छ । नम्रता ट्रस्ट नेपालकाे अायाेजना र मन खुसी फाउन्डेसन बागमती प्रदेशको समन्वयमा रहेको इभेन्टमा सहभागी रहन इच्छुक क्यान्डिडेटहरुले धमाधम फारम भरिरहेका छन् ।
नुवाकोट रसुवा धादिङ लगायतका भेगलाई पायक पर्ने गरि हाेटल स्वायर बट्टार दम्की नुवाकोटमा यही बैशाख १५ गते अडिशन गर्ने भएकाे छ भने बाँकीलाई काठमाडौमा यही २३ गते गर्ने गरि मिति तय गरेको कुरा अायाेजक टिमले जानकारी गराएका छन् ।
सहभागी रहन केही सिमित नियमहरु रहेका छन् । मिस ट्यालेन्टमा भाग लिनकाे लागि १७ वर्ष देखि ३० वर्षसम्मका अविवाहित सबै समुदायकाे चेलीहरु सहभागी रहन पाउने छन् । सहभागी प्रतियाेगीहरुमा सामाजिक परिचय, क्षमता अभिवृद्धि, सक्षमता , अात्मविश्वस, विभिन्न अन्तर्राष्ट्रिय स्तरमा सहभागी लगायतका थुप्रै उदेश्यहरु राखेर कार्यक्रम अायाेजना गरिएको हाे । फारम भर्न छुटेकाहरुलाई नुवाकोट अडिशनकाे लागि १४ गतेसम्म र काठमाडौ अडिशनका लागि २२ गतेसम्म पनि भर्न सकिने गरि खुल्ला गरिएको छ । फारम भरेर सहभागी शुभेच्छुक प्रतियोगिहरुमा अडिसन गराई छनाैटमा परेकाहरुलाई एक महिना ट्रेनिङ प्रदान गरेर अब्बल व्यक्तित्वका रुपमा क्षमता विकास गराउने, भाेटिङ साथै ट्यालेन्टकाे अाधारमा अगाडि बढ्ने गरि कार्यक्रमकाे ढाँचा रहेको अायाेजक समितिका संयाेजक निम्रत तामाङले जानकारी गराउदै सम्पुर्णमा सहभागीताकाे लागि अाह्वान गरेका छन् ।