आज: ४ जेष्ठ २०८१, शुक्रबार | Fri, 17, May, 2024

महिला सशक्तीकरण सांस्कृतिक तथा व्यापार महोत्सव– २०८१’ को उद्घाटन (फोटोफिचर)

गोकर्णेश्वर खबर२० बैशाख २०८१, बिहीबार २२:५१ मा प्रकाशित (२ हफ्ता अघि) ४४ पाठक संख्या
महिला सशक्तिकरण महोत्सव– २०८१’ को उद्घघाटन गरेको छ । आज (बिहीबार) नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले महोत्सवको उद्घाटन गर्नु भएको हो ।
भुमि अधिकार तथा श्रमिक संगठन, नेपालको आयोजना र संयुक्त नेपाल मेला महोत्सव ग्रुप प्रा. लि.को व्यवस्थापकमा का.म.न.पा. वडा नं. ३१, नयाँ बानेश्वर आलोकनगरमा भएको थियो ।
महोत्सवमा गोकर्णेश्वर नगरपालिका नगर प्रमुख उप प्रमुख सान्नानी लामा र घनश्याम घिसिङलाई विशेष सम्मान गर्नु भएको थियो।
त्यस्तै सम्मान हुनेमा हुकुम बहादुर लामा, अस्ट माया तामाङ , बिमला लामा , गोकर्णेश्वर नगरपालिका वडा २ का वडा सदस्य माया तामाङ , वडा ३ का वडा सदस्यहरु बुद्धि बहादुर श्रेष्ठ , सचिन लामा , वडा ८ का वडा सदस्य सुमन लामा र बरिस्ठ कलाकार चादनी लामालाई कार्यक्रमका प्रमुख अतिथि नेकपा (एमाले) का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान गर्नु भएका हुन् ।
कार्यक्रमको सभापति भुमि अधिकार तथा श्रमिक संगठन, नेपालको अध्यक्ष माननीय शान्ता चौधरी रहेको थियो
कार्यक्रम संचालक उक्त संगठनका सचीव इन्द्र बहादुर तामाङले गर्नु भएको थियो ।