आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख सन्नानी लामा सम्मान

गोकर्णेश्वर खबर२४ फाल्गुन २०८०, बिहीबार १९:३९ मा प्रकाशित (१ महिना अघि) १७७ पाठक संख्या

फागुन २४, काठमाडौं । ११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा चन्द्रलोक प्रतिष्ठान काठमाडौँले राष्ट्रिय सभागृहमा आयोजित एक विशेष समारोहबीच गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख सन्नानी लामालाई सम्मान गरिएको छ ।
नगर उपप्रमुख लामालाई पूर्व प्रधानमन्त्री झलनाथ खनालद्वारा सम्मान गरिएका हुन् । साथै महिला हिंसा तथा चेलीबेटि बेचबिखनका विरुद्धमा निर्मित सन्देशमूलक लघुनाटक चेतनाको विशेष प्रदर्शनी तथा विभिन्न क्षेत्रका प्रतिष्ठित महिलाहरूको सम्मान लगायत बृहत सांस्कृतिक कार्यक्रम समेत सम्पन्न गरेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (एकृत समाजवादी)का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले देशमा बढ्दै गएको महिला हिंसालाई न्यूनीकरण गर्न राजनीतिक दल र सामाजिक क्षेत्रमा लाग्नेहरु अग्रसर हुनुपर्ने बताएका छन । विभिन्न बहानामा श्रमिक महिलाहरूलाई कार्यालयमा समान ज्याला नदिने जस्ता विभेद गरेको विषयलाई अझै उजागर गर्न जरुरी रहेको उनले बताए ।