आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

राष्ट्रिय सभाका उपाध्यक्ष अर्यालको राजीनामा

गोकर्णेश्वर खबर१६ चैत्र २०८०, शुक्रबार ०८:२७ मा प्रकाशित (४ हफ्ता अघि) ४५ पाठक संख्या

काठमाडौं। राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिनुभएको छ । बिहीबार राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालसमक्ष राजीनामा बुझाउनु भएको हो ।

उहाँले संविधानको धारा ९२ को उपधारा (६) को खण्ड (ख)तथा राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १८५ को उपनियम ९१० बमोजिम राष्ट्रिय सभाको उपाध्यक्ष पदबाट राजीनामा दिनुभएको हो ।

सत्ता गठबन्धन दलबिचको सहमति अनुसार अर्यालले बिहीबार राजीनामा दिनुभएको हो ।

राष्ट्रिय सभाको उपाध्यक्षमा अर्याल २०७९ माघ २३ गते निर्विरोध निर्वाचित हुनुभएको थियो । उहाँ २०७८ माघ १२ गते राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुनुभएको हो । उहाँ नेकपा (माओवादी केन्द्र) का नेत्री हुनुहुन्छ ।