आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

प्रधानमन्त्री प्रचण्ड आज हेटौंडा जाँदै

गोकर्णेश्वर खबर१६ चैत्र २०८०, शुक्रबार ०८:०२ मा प्रकाशित (४ हफ्ता अघि) ८७ पाठक संख्या

काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’ आज हेटौंडा जाँदैछन्। हेटौंडा–९ स्थित मानवसेवा आश्रमको मुख्य कार्यालयको नवनिर्मित भवन उद्घाटनका लागि प्रधानमन्त्री हेटौंडा जान लागेका हुन् ।
प्रधानमन्त्रीको साथमा उप९प्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री प्रकाशशरण महत समेत हेटौंड जाने मावन सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले जानकारी दिए।

विहान ९ बजे प्रधानमन्त्री प्रचण्डले भवन समुद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
करीब दुई विगाहा क्षेत्रफलमा फैलिएको सहयोगापेक्षी सडक आश्रित मानवहरुको आश्रयस्थल ‘मानवसेवा आश्रम’ मा हाल २ सय १५ जनाले आश्रय लिइरहेका छन् । देशभर मानव सेवा आश्रमका २४ वटा सेवा केन्द्र रहेका छन् ।