आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024

भोली दिउँसै अँध्यारो हुने गरी सूर्यग्रहण लाग्दै

गोकर्णेश्वर खबर२५ चैत्र २०८०, आईतवार २२:०६ मा प्रकाशित (३ हफ्ता अघि) २४५ पाठक संख्या

भोली सोमबार दुर्लभ खग्रास सूर्य ग्रहण लाग्दैछ । चैत्र मास अमावस्याका दिन लाग्ने यो सूर्य ग्रहण ५४ वर्षपछि लाग्ने दुर्लभ सूर्य ग्रहण भएको खगोलविद्हरूले बताएका छन । उत्तर अमेरिकामा दिउँसै अँध्यारो हुने गरी सूर्यग्रहण लाग्ने भएको हो । दिउँसै अँध्यारो हुने गरी लाग्ने खग्रास सूर्यग्रहण विरलै हुने गरेको छ । ज्योतिषशास्त्र अनुसार यो सूर्य ग्रहण ५४ वर्षयताकै सबैभन्दा लामो सूर्य ग्रहण हुनेछ । ग्रहणको अवधि ५ घण्टा १० मिनेटको हुनेछ । सूर्य ग्रहण सोमवार राति ८ बजेर ५७ मिनेट जाँदा शुरू भएर २ बजेर ७ मिनेटसम्म लाग्ने खगोलविदको भनाइ छ ।