आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024

गोकर्णेश्वरमा मोटरसाइकल मोडिफाइ नियन्त्रण गर्ने मेयर खटिए

गोकर्णेश्वर खबर२३ चैत्र २०८०, शुक्रबार १७:४५ मा प्रकाशित (३ हफ्ता अघि) १६६ पाठक संख्या
गोकर्णेश्वर / मोटरसाइकलको स्वरुप परिवर्तन (मोडिफाइ) गर्ने माथि नियन्त्रण गरी कारबाही गर्न गोकर्णेश्वर मेयर दिपक रिसाल आफै खटिएका छन्।
महानगरीय प्रहरी वृत्त बौद्धका DSP र ट्राफिक सहित गोकर्णेश्वर नगर प्रवक्ता तथा वडा ५ का वडा अध्यक्ष नारायण सुवेदी वडा नं ९ वडा अध्यक्ष राजीव थापाको संयुक्त प्रयासमा गोकर्ण जगडोल क्षेत्रबाट मोटरसाइकल नियन्त्रणमा लिइएको छ ।
-मोडिफाई गरी समाजमा होहल्ला मच्चाउने, ध्वनी प्रदुषण गर्ने, साइलेन्सर पाइपबाट आगो समेत निकाल्ने गरेका भन्दै मोटरसाइकल नियन्त्रणमा लिइएको गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसालले बताए ।
– उक्त कार्य गर्ने गराउने वर्कसप समेतको निगरानी गर्ने, पहिचान गर्ने र उक्त वर्कसप सञ्चालक समेतलाई नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाही प्रक्रिया अगाडि बढाइने मेयर रिसालले जनायो ।
भिडियो