आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

डिग्री माईला फिल्मको शो अप्रिल १४ मा प्रिन्सेसहलमा हुने

गोकर्णेश्वर खबर१६ चैत्र २०८०, शुक्रबार ०७:४५ मा प्रकाशित (४ हफ्ता अघि) ११५ पाठक संख्या

लण्डन : ‘कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङ्गको नयाँ चलचित्र ‘डिग्री माइला:म थर्ड क्लास’ बेलायतबाशी नेपालीले नयाँ बर्षमा हेर्न पाउने भएका छन् । यो चलचित्र नेपालमा भने बैशाख १ गते अर्थात अप्रिल १३ गते नै रिलिज हुँदै छ ।

बेलायत भने केटुएस , जीनाईन ईन्टरटेनमेन्ट र दास ईन्टरटेनमेन्टले संयुक्त रुपमा अल्डरशट , आशफोर्ड, स्वीण्डन, रिडिंग, मेडिस्टोन र हेयज लगायत दर्जन भन्दा बढी ठाउँमा शो गर्न लागेको हो । पहिलो शो भने अल्डरशटको प्रिन्सेस हलमा दिउँसो १ बजे गरिने केटुएसका अनिल पुर्जाले बताए ।

नेपालमा पनि नयाँ बर्ष २०८१ पहिलो दिननै प्रदर्शन मिति तय गरिएको चलचित्र बासुरी फिल्म्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो ।

दयाहाङ राईको निर्देशनमा २०७१ सालमा मण्डला थिएटरमा तीनपटक मन्चन भएको ‘डिग्री माईला’ नाटकमा आधारित रहेर चलचित्र निर्माण भएको हो । चलचित्र दयाहाङ राई नै मुख्य भूमिकामा रहेका छन् भने आँचल शर्मा, माओत्से गुरुंग, बुद्धी तामांग र बिजय बराल लगाएतका कलाकारहरुको अभिनय छ ।