आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

सिड्नीमा १० औं एक्सपर्ट एजूकेशन कप हुँदै,विजेताले पाउँनेछ २२ सय डलरसहित पुरस्कार

गोकर्णेश्वर खबर११ माघ २०८०, बिहीबार १७:३१ मा प्रकाशित (३ महिना अघि) १५३ पाठक संख्या

काठमाडौं ।अष्ट्रेलियाको सिड्नीमा 10th Expert Education cup 2024 हुने भएको छ । Tamang Re-creational club अष्ट्रेलियाको आयोजनामा एक्सपर्ट एजुकेशन कप हुन लागेको हो । यही माघ १४ अर्थात jan 28 का दिन बिहान ८ बजे सिड्नीस्थीत south st,Rydlemere फूटवल ग्राउण्डमा उद्घाटन हुन लागेको प्रतियोगिताको विजेताले  २२००($) अष्ट्रेलियन डलरसहित सिल्ड,ट्रफी र मेडल हात पार्ने छन् भने उपविजेता  १२०० ($)  डलरसहित,ट्रफी,मेडलसहितको पुरस्कार हात पार्ने छन् । त्यस्तै तेस्रो हुनेलाई ४००($)  डलरसहित ट्रफी, मेडल पुरस्कार राखिएको प्रतियोगिताका डिरेक्टर ज्ञानक वाइवाले जानकारी दिए ।

केही महिना अघि मात्रै क्लबको बार्षीक उत्सवको अवसर पारेर तामाङ रिक्रशनल रनिङ शिल्ड प्रतियोगिताको आयोजना गरेको क्लबले सिड्नीबासी नेपालीलाई लक्षित गरी नेपाली बासीहरुको एकता एंवम खेल प्रेमी खेलाडीहरुलाई मध्यनजर गर्दै १० औं Expert Education cup प्रतियोगिता आयोजना गरिएको क्लबका सचिब बैकुण्ठ डंगोलले जानकारी दिए ।

४ समूहमा विभाजन गरी गर्न लागिएको प्रतियोगितामा १६ टिमले सहभागीता जनाउँनेछन्। प्रतियोगिताको प्लेयर अफ टुर्नामेन्ट,उत्कृष्ट गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई ट्रफीसहित जनही  १०० $ अष्ट्रेलियन डलरसहित नगद पुरस्कार पाउँने छन् ।

प्रतियोगिताबारे जानकारी दिन राखिएको बैंठकमा क्लबको आधिकारिक जर्सी समेत रिलिज गरिएको थियो।

प्रतियोगिताको मुख्य प्रायोजक एव्म एक्सपर्ट एजुकेशनका महाप्रबन्धक मनजित घिमिरेले क्लबले नेपाली खेलप्रेमी तथा खेलाडीहरुलाई जुटाउँने एकताको संदेश छर्नुका साथै विदेशी भूमिमा पनि नेपालीहरुका प्रतिभा उजागर गर्ने प्रयास स्वरुप यस्ता कार्यक्रम गर्दै आएकोले पनि आफू र आफ्नो संस्था उहाँहरुलाई सहयोग गर्न तयार रहेको बताए । उनले विदेशी भूमीमा समेत नेपालीहरुलाई एकता गर्नुका साथै जमघट गराउँने कार्यमा सक्रिय रहेको तामाङ रिक्रशनललाई सहयोग गर्नमा कुनै हिचकिचावट नभएको प्रतिक्रिया दिए । ‘म क्लबका कार्यबाट सन्तुष्ट छु । आगामी दिनहरुमा समेत यो संस्थालाई एक्सपर्ट एजुकेशन सहयोग गर्न तयार छ ‘ उनले भने

प्रतियोगिताको सहयोगीको रुपमा Bomzon Automotive,Churchill Institute रहेका छन्।

क्लबले प्रत्येक वर्ष खेलकुदका साथै विशेषगरी तामाङ समूदायको हक हित तथा तामाङ भाषा संस्कृतीलाई जर्गेना गर्नुका साथै आफ्नो पुस्तालाई समेत आफ्नो भाषा,संस्कार,संस्कृतीमा engage गराउँने प्रयास स्वरुपका कार्यक्रमलाई पनि प्राथमिकता दिँदै आएको छ ।

क्लबको बार्षीक उत्सवको अवसरमा आयोजित तामाङ रिक्रशनल रनिङ शिल्डको उपाधि माछापुच्छ्रे फुटबल क्लबले जितेको थियो । प्रतियोगितामा सेन्ट जर्ज फ्रेन्ड्स फुटबल क्लबलाई २-० ले हराउँदै माछापुच्छ्रेले उपाधि हात पारेको थियो ।