आज: १६ बैशाख २०८१, आईतवार | Sun, 28, Apr, 2024

स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरको जाँच नगरे, नगरपालिकाले रकम उपल्ध नगराउने

गोकर्णेश्वर खबर३१ श्रावण २०८०, बुधबार १९:५० मा प्रकाशित (८ महिना अघि) ६०८ पाठक संख्या

गोकर्णेश्वर नगरपालिकाको महिलाहरुको स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरको जाँच गर्न गोकर्णेश्वर नगरपालिकाले अनुरोध गरेको छ ।

गोकर्णेश्वर नगरपालिका र आम्दा नेपालको संयुक्त पहलमा यस नगरपालिका भित्र रहेका ३० वर्ष देखि ६० वर्ष उमेरका महिलाहरुको स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सर रोग लाग्नु भन्दा अघि नै जाँच गर्न अनुरोध हो ।

यस अघि पनि विभिन्न वडामा पाठेघरको मुखको क्यान्सरको सेवा लिनु भएका ३०७४ जना, स्तन क्यान्सरको ३२७६ जनाले सेवा लिई सकेको छ ।

गोकर्णेश्वर नगरपालिकाको महिलाहरुको स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरको जाँच नगरे कुनै पनि कार्यक्रमको लागि नगरपालिकाले रकम उपल्ध नगराउने नगर प्रमुख दिपक कुमार रिसालले जनकारी दिनु भएको हो ।