आज: १६ बैशाख २०८१, आईतवार | Sun, 28, Apr, 2024

दिगो विकास लक्ष्यमा योगदान पुर्‍याउने मेयर दीपक रिसाललाई अवार्ड प्रदान

गोकर्णेश्वर खबर२२ भाद्र २०८०, शुक्रबार २१:४६ मा प्रकाशित (७ महिना अघि) ४६२ पाठक संख्या

काठमाडौं – दिगो विकास लक्ष्यमा योगदान पुर्‍याउने मेयर दीपक रिसाललाई स्वास्थ्यखबर हेल्थ अवार्ड प्रदान छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वास्थ्यसँग सम्बन्धित दिगो विकास लक्ष्यका १० वटा विधामा १३ जनालाई अवार्ड प्रदान गरेका हो ।

अवार्ड पाउनेहरुमा गोकर्णेश्वर नगरपालिका मेयर दीपक रिसाल, हुम्लाकी नर्स सुस्मिता बोहरा, बर्दिया अस्पतालका डा विश्वनाथ शाह, सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका हेमराज जोशी, आनन्दवन अस्पताल ललितपुरका डा महेश साह, धनसिंहपुर स्वास्थ्य चौकी टीकापुर, कैलालीका केबलसिंह सार्की, नेपाल प्रहरी अन्तर्गतको आसरा सुधार केन्द्र, स्वर्गद्वारी नगरपालिका, भलुवाई स्वास्थ्य चौकी सिरहाकी अनमी जुही खातुन, जर्मनीका डा आर्ने ड्र्युज, बेलायतकी डा सेर्ली हेउड, हेल्थ इन्भाएरोमेन्ट एन्ड क्लाइमेट एक्सन फाउन्डेसनका महेश नकर्मी र ताप्लेजुङकी सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका शर्मिला लिङ्देन रहेका छन्।
नसर्ने रोगका कारण हुने मृत्यु न्यूनीकरण विधामा दीपककुमार रिसाललाई अवार्ड
क्यान्सर पीडितहरुका लागि स्थानीय तहको सिफारिसमा संघ सरकारले एक लाख रुपैयाँ अनुदान दिने गरेको छ। रोगको गम्भीरता र त्यसको उपचारमा लाग्ने खर्चका अघि त्यो हात्तीको मुखमा जिरा जस्तै हो। दुस्ख परेकालाई सिफारिस होइन, सहयोग गर्ने मनसाय बनाएर गोकर्णेश्वर नगरपालिकाका मेयर दीपककुमार रिसालले थप ५० हजार सहयोग गर्ने निर्णय पहिलो कार्यपालिकाको बैठकबाट गराए। पाइपाइ संकलन गरेर ज्यान बचाउन दौडधुप गरिरहेका बिरामीलाई यसले राहत दिलायो। यस्ता दीर्घरोगका लागि दीर्घकालीन रुपमै केही गर्ने हुटहुटीका कारण क्यान्सरको समुदायस्तरमा परीक्षणको अभियान चलाए। शंकास्पदको पुनस् परीक्षण नगरपालिकाबाटै गराए। नगर अस्पतालको विकासमा प्राथमिकता दिइएको छ भने ७० वर्षमाथिका बिरामीको ७० प्रतिशत उपचार खर्च नगरले व्यहोर्ने नीति लिइएको छ। पालिका अस्पतालमा स्वास्थ्य बीमाले भुक्तानी नदिँदा नगरले भरथेग गर्ने प्रणाली बसाइएको छ।