आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

आँखा पाक्ने रोगबाट बच्न र बचाउनका लागि गोकर्णेश्वर नगरपालिका अनुरोध

गोकर्णेश्वर खबर३० श्रावण २०८०, मंगलवार १९:३५ मा प्रकाशित (८ महिना अघि) ३०२ पाठक संख्या

विगत केही दिनदेखी समुदायमा व्यापक रूपमा आँखा पाक्ने रोग फैलिइरहेकाले उक्त रोगबाट बच्न र बचाउनका लागि निम्न उपायहरू अपनाउन  गोकर्णेश्वर नगरपालिकाले नगरवासीमा अनुरोध गरेको छ ।

आँखा पाक्ने रोगका प्रमुख लक्षणहरू :

एक्कासी एउटा अथवा दुवै आँखा रातो हुने ।

आँखा धेरै चिलाउने ।

आँखामा कचेरा लाग्ने तथा टासिने ।
आँखाबाट आसु बगिरहने ।
आँखा सुन्निने, दुख्ने / बिझाउने ।
घाम तथा उज्यालो प्रकासमा हेर्न समस्या हुने ।

आँखा पाक्ने रोगबाट बच्ने उपायहरू :

जथाभावी रुपमा आँखा नछुने / आँखा छुनु भन्दा पहिले राम्ररी साबुन पानीले हात सफा गर्ने ।
सफा पानीले आँखा सफा गर्ने ।
अरुले प्रयोग गरेका तौलिया / रुमाल प्रयोग नगर्ने ।
व्यक्तिगत सरसफाइमा ध्यान दिने ।

आँखा पाक्ने रोग लागिहालेमा के गर्ने :

पटक पटक सफा चिसो पानीले आँखा सफा गर्ने ।
आँखा छोइसकेपछी हरेक पटक साबुन पानीले हात सफा गर्ने ।
आफूले प्रयोग गर्ने रुमाल, तौलिया, कपडा छुट्टाछुट्टै राख्ने र अरुलाई प्रयोग गर्न वा छुन नदिने ।
कालो चस्माको प्रयोग गर्ने ।
आफुले प्रयोग गरेको सिरानीको खोल, तन्ना हरेक दिन सफा गर्ने ।
जथाभावी रुपमा आँखामा औषधिको प्रयोग नगर्ने ।

सामान्यतया यो रोग १ हप्ता भित्रमा आफै निको भएर जान्छ तर समस्या बढ्दै गएमा तुरुन्त स्वास्थ्य संस्थामा गइ स्वास्थ्यकर्मीको सल्लाह लिनुपर्दछ ।