आज: १६ बैशाख २०८१, आईतवार | Sun, 28, Apr, 2024

मेडिकल काउन्सिलको अध्यक्षमा डा. चोपलाल भुसाल नियुक्त

गोकर्णेश्वर खबर१८ मंसिर २०८०, सोमबार १८:४२ मा प्रकाशित (४ महिना अघि) १५६ पाठक संख्या

काठमाडौं । नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा. चोपलाल भुसाल नियुक्त भएका छन् ।

मन्त्रिपरिषद्को १३ मंसिरको बैठकले डा. भुसाललाई चारवर्षे कार्यकालका लागि अध्यक्षमा नियुक्त गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।

यसअघिका काउन्सिलका अध्यक्ष डा. भगवान कोइरालाको कार्यकाल १८ कात्तिकदेखि सकिएपछि भुसाललाई अध्यक्षमा नियुक्त गरिएको हो ।

नाक कान घाँटी रोगका विशेषज्ञ समेत रहेका डा. भुसाललाई यसअघि सरकारले नेपालका लागि बंगलादेशको राजदूत बनाएको थियो । उनी नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, नेपाल चिकित्सक संघ (एनएमए) को अध्यक्ष समेत भइसकेका छन् ।