आज: २३ बैशाख २०८१, आईतवार | Sun, 05, May, 2024

मदर टेरेसा च्यारिटीलाई विदेशी सहयोग लिन भारत सरकारको रोक

गोकर्णेश्वर खबर१४ पुष २०७८, बुधबार १६:२१ मा प्रकाशित (२ साल अघि) २१६ पाठक संख्या

१४ पुस, काठमाडौं । भारत सरकारले मदर टेरेसा च्यारिटीलाई विदेशी सहयोग लिन रोक लगाएको छ । भारतको गृह मन्त्रालयले मदर टेरेसा च्यारिटीको विदेशी सहयोग नवीकरण रद्द गरेको बीबीसीले जनाएको छ ।

मदर टेरेसा च्यारिटीले स्वास्थ्य, शिक्षा र अनाथहरुका लागि गर्दै आएको छ । पछिल्लो समय सामाजिक सेवासँगै इसाई धर्मको प्रचार गरेको आरोप लागेपछि यो संस्था विवादमा परेको छ ।

भारतको गृह मन्त्रालयले विदेशी सहयोग नवीकरणमा रोक लगाउनुको कारणबारे स्पष्ट भनेको छैन । उसले ‘नकारात्मक रिपोर्ट प्राप्त भएकाले’ विदेशी सहयोग नवीकरण नगरिएको मात्र भनेको छ । त्यो ‘नकारात्मक रिपोर्ट’ के हो भनेर स्पष्ट पारिएको भने छैन ।

यसअघि भारतको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले मदर टेरेसा च्यारिटीको सबै बैंक खाता बन्द गरिएको भन्दै सरकारको आलोचना गरेकी थिइन् । भारतीय गृह मन्त्रालयले भने उक्त आरोपको खण्डन गरेको छ ।