आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

यमनको हुथी विद्रोहीले खसाल्यो अमेरिकाको ड्रोन विमान

गोकर्णेश्वर खबर२३ कार्तिक २०८०, बिहीबार ०९:०७ मा प्रकाशित (५ महिना अघि) १५७ पाठक संख्या

काठमाडौँ । एक वरिष्ठ अमेरिकी अधिकारीले यमनका हुथी विद्रोहीले अमेरिकी एमक्यू-९ रिपर ड्रोन खसालेको बताएका छन्।

समाचार एजेन्सी एएफपीका अनुसार एक अमेरिकी अधिकारीले भनेका छन्, ‘अमेरिकी सेनाको रिमोट कन्ट्रोल विमानएमक्यू-९ लाई यमनको तटमा हुथी सेनाले खसालेको छ।’

हुथी एउटा सशस्त्र समूह हो जसले सन् २०१५ देखि यमनको समर्थक साउदी सरकारसँग युद्ध लडिरहेको छ।

यसअघि हुथी विद्रोहीले इजरायल र हमासबीचको युद्धमा अमेरिका प्रत्यक्ष रूपमा संलग्न भएमा हमाससँग मिलेर इजरायलविरुद्ध आक्रमण गर्ने धम्की दिएका थिए।

अक्टोबर ७ मा हमास र इजरायलबीच द्वन्द्व सुरु भएदेखि नै मध्यपूर्वमा आफ्ना सेनाविरुद्ध आक्रमण बढेको अमेरिकाले जनाएको छ।