आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी

गोकर्णेश्वर खबर१६ पुष २०८०, सोमबार १६:०८ मा प्रकाशित (३ महिना अघि) ७३ पाठक संख्या

काठमाडौं । जापानमा सोमबार ७ दशमलब ६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि सुनामीको चेतावनी जारी गरिएको छ । कतिपय स्थानमा साना सुनामीहरू गएको खबर पनि सार्वजनिक भएका छन् ।

कुनैकुनै समुद्री तटमा १ दशमलव २ मिटरसम्मका सुनामी गएका छन् । एनएचकेका अनुसार राजधानी टोकियोका समुद्री तठमा ० दशमलव ८ मिटरको उचाइको सुनामी गएको छ ।

भूकम्पको केन्द्र इसिकावा र टोक्योबीचको बुलेट ट्रेन सेवा अहिले बन्द गरिएको छ । इसिकावाका तटीय क्षेत्रका मानिसहरूलाई यतिबेला सो क्षेत्र खाली गर्न चेतावनी नै दिइएको छ ।

जापानको मौसम विभागका अनुसार भूकम्प गएका क्षेत्रवरिपरि पाँच मिटरसम्मका सुनामी आउन सक्छन् ।बीबीसी