आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

भारतमा लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु

गोकर्णेश्वर खबर१८ मंसिर २०८०, सोमबार १३:५० मा प्रकाशित (४ महिना अघि) २७८ पाठक संख्या

काठमाडौं । भारतीय वायुसेनाको विमान दुर्घटना हुँदा दुई जना पाइलटको मृत्यु भएको छ ।

दुई जना भारतीय वायुसेना आइएएफका पाइलटहरू सवार पिलाटस ट्रेनर विमान सोमबार बिहान तेलङ्गानाको मेडक जिल्लाको टुप्रन शहरमा दुर्घटनाग्रस्त भएको आइएएफ अधिकारीहरूले जनाएका छन् ।

अधिकारीहरूका अनुसार डिन्डिगुल जिल्ला नजिकै एयर फोर्स एकेडेमीमा तालिमका क्रममा बिहान ८ः५५ बजे सो दुर्घटना भएको हो । दुर्घटनाग्रस्त विमान जलेर नष्ट भएको छ ।

एसपी रोहिणीले दिएको जानकारी अनुसार यो डन्डिगुल ट्रेनिङ एयर क्राफ्ट हो । विमानभित्र दुई जना सवार थिए, तिनमा एक जना ट्रेनर र अर्का प्रशिक्षार्थी थिए ।