आज: २३ बैशाख २०८१, आईतवार | Sun, 05, May, 2024

मुगु सामूहिक हत्या प्रकरण : दुईजना पक्राउ, आजै सार्वजनिक गरिने

गोकर्णेश्वर खबर२४ कार्तिक २०८०, शुक्रबार १२:१३ मा प्रकाशित (५ महिना अघि) १८७ पाठक संख्या

काठमाडौँ– यही कार्तिक १० गते मुगुको छायाँनाथ रारा नगरपालिकामा भएको सामूहिक हत्या प्रकरणमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले बुधबार सुर्खेतबाट पक्राउ गरेका ती व्यक्तिको बारेमा केही खुलाएको छैन ।

पक्राउ पर्नेमा एक जना मृतकका मामाको छोरा तथा अर्का छिमेकी गाउँको रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । प्रहरीले आज उनीहरुलाई सार्वजनिक गर्ने तयारी गरेको छ ।

सो घटना अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०बाट डीएसपी धर्मराज भण्डारी नेतृत्वको टोली आइतबार मुगु गएको थियो ।

उक्त घटनामा २८ वर्षीया श्रीदेवी बोहोरा, उनका छोरा ११ वर्षीय मनोज, ९ वर्षीया छोरी अप्सरा र आठ महिनाका छोरा रहरको हत्या भएको थियो । उनीहरूलाई धारिलो हतियार प्रहार गरेर हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ।