आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

राष्ट्रिय संगीतकर्मी संघ बागमती प्रदेशको ल्होछार मेला फागुन २४ हुने

गोकर्णेश्वर खबर१८ फाल्गुन २०८०, शुक्रबार १६:३८ मा प्रकाशित (१ महिना अघि) २३८ पाठक संख्या

राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशले फागुन २४,२५ र २६ गते ३ दिन सम्म बौद्ध चुच्चेपाटी हयात होटलको ग्राउन्डमा ल्होछार मेला गर्ने भएको छ । संघले बिहिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मन्जुश्री सम्बत २८६० डुक ल्हो सोनाम ल्होछार तमु ल्होछार र २५५१ औं ग्याल्पो ल्होछारको शुभ अबसरमा बृहत ल्होछार सांस्कृतिक कार्यक्रम २०८० आयोजना गरिने राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशका अध्यक्ष दाबा फिन्जोले जानकारि दिएको हो ।

ल्होछार समारोहको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गर्ने बताइएको छ । कार्यक्रमको दोस्रो दिन प्रतिनिधि सभा सदस्य हितबहादुर तामाङ र खेलकुदमन्त्री डिगबहादुर लिम्बु कार्यक्रममा सहभागी हुने उनले बताए ।
अन्तिम दिन बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारीमन्त्री पुकार महर्जन कार्यक्रमा उपस्थित हुने उनको भनाइ छ । बागमती प्रदेशभित्रका जिल्लाहरुमा रहेको कला र संस्कृतिको उत्थानका लागि ल्होसार मेला आयोजना गरिएको उनले बताए ।
उक्त कार्यक्रममा स्थानीय उत्पादनको स्टलसमेत राखिने बताइएको छ । रसुवाको मार्सी चामलदेखि नुवाकोटको स्टेवरी, ककनीको ट्राउट माछालगायत स्टलमा राखिने जनाईएको छ ।

कार्यक्रममा युथ क्रियसन नेपालका संस्थापक अध्यक्ष कलाकार रवि लामा तामाङ, सगुन इभेन्ट म्यानेजमेन्ट संगम लामा थोकार , राष्ट्रिय संगीतकर्मी संघ, बागमती प्रदेशका महासचिव दिनेश तामाङ, महासचिव अमृत खातीलगायतको उपस्थिति रहेको थियो ।