आज: २४ बैशाख २०८१, सोमबार | Mon, 06, May, 2024

APEN गोकर्णेश्वरले अन्तर विद्यालय नृत्य प्रतियोगिता सम्पन्न (हेर्नुहोस तस्बिर )

गोकर्णेश्वर खबर२५ भाद्र २०८०, सोमबार ०७:५३ मा प्रकाशित (७ महिना अघि) ६८ पाठक संख्या
APEN गोकर्णेश्वरले अन्तर विद्यालय नृत्य प्रतियोगिता सम्पन्न गरेको छ ।
गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसालको प्रमुख आतिथ्यता तथा नगर उपप्रमुख सान्नानी लामा विशेष आतिथ्य रहेको कार्यक्रममा पुरस्कार प्रदान गर्नु भएको थियो ।
प्रतियोगितामा समदर्शी स्कूल प्रथम , शुभकामना स्कूल द्वितीय , शुभबिहानी स्कूल तृतीय तथा ह्यापी किड्स स्कूलले सान्तवना पुरस्कार प्राप्त गरेको थियो ।
कार्यक्रममा गोकर्णेश्वर ८ का वडा अध्यक्ष नन्दलाल श्रेष्ठ , apen गोकर्णेस्वरका महासचिव कृष्ण कुमार बोहोरा , गोकर्णेश्वर नगरपालिका शिक्षा स्रोत व्यक्ति रामनारायण शाह , एन प्याब्सन गोकर्णेश्वर अध्यक्ष निराजन आचार्य , निशानका अध्यक्ष सौर्य आचार्य , ईशानका साधना खतिवडा लगायतको उपस्थिति रहेको थियो ।
१० वटा विद्यालयका प्रि स्कूलमा अध्ययनरत बालबालिका बिच भएको प्रतिस्पर्धा रोचक रहेको थियो । उक्त कार्यक्रम ओशिस पार्टी प्यालेस , गोकर्णेश्वर ८ मा भएको थियो ।
हेर्नुहोस तस्बिर