आज: १६ बैशाख २०८१, आईतवार | Sun, 28, Apr, 2024

मिस तामाङ २०२४ को ग्राण्ड फिनाली सम्पन्न

गोकर्णेश्वर खबर१३ फाल्गुन २०८०, आईतवार १५:०८ मा प्रकाशित (२ महिना अघि) १४२ पाठक संख्या

काठमाडौ / मम्स इन्टरनेशनल नेपालद्वारा आयोजना गरिएको मिस तामाङको १६ औँ संस्करण, मिस तामाङ २०२४ को ग्राण्ड फिनाली सम्पन्न भएको छ । शनिबार काठमाडौ स्थित राष्ट्रिय सभागृहमा सम्पन्न ग्राण्ड फिनालीबाट मिस तामाङ- २०२४’को उपाधि रिया लामाले जितेकी छन् ।
तामाङ कला, संस्कृति, भेषभूषा, र भाषाको संरक्षण गर्ने मूल उदेश्यका साथ आयोजना गरिएको १६ औं संस्करण मिस तामाङ – २०२४ को आयोजक संस्था मम्स ईन्टरनेशनलका अध्यक्ष रन्जिता ब्लोन रहेका छन् । ब्लोनले लामो समय देखि मिस तामाङ प्रतियोगिता आयोजना गर्दै आएको छ ।
२६ जना प्रतिस्पर्धीहरु ग्राण्ड फिनालिमा रहे पनि शनिबार सम्पन्न उक्त कार्यक्रममा २५ जना सहभागी रहेको मम्स इन्टरनेशनल नेपालकी अध्यक्ष रञ्जिता लामाले बताइन् ।
ग्राण्ड फिनालिको पहिलो चरणबाट टप १४ छनौट भएका थिए भने दोस्रो चरणमा टप ७ प्रतिस्पर्धी छनौट गरेका थिए । ति सबै चरणहरु पार गर्दै अन्तःत कन्टेस्टेण्ड नम्बर १३ कि रिया लामा बनिन मिस तामाङ २०२४ को विजेता ।
प्रतियोगिताको फस्ट रनर अप स्मृति योन्जन, सेकेन्ड रनर अप अमृता लामा तामाङ र थर्ड रनर अप पेमाडोमा लामा रहेका छन् ।
मिस तामाङ २०२४ प्रतियोगिताको निर्णायक मण्डलमा गायक प्रदिप बम्जन‚ तामाङ चलचित्र संघ नेपालका अध्यक्ष एवम् नायक कुमार मोक्तान, पूर्व मिस तामाङ सुमी मोक्तान, सञ्चारकर्मी गंगा घिसिङ रहेका थिए ।
कार्यक्रममा गोकर्णेश्वर नगरपालिका नगर उपप्रमुख सान्नानी लामा , गोकर्णेश्वर नगरपालिका वडा ६ का वडा अध्यक्ष नवराज लामा , समाज सेवी भावना ठकुरी गोकर्णेश्वर सरसफाई प्र.लि.का अध्यक्ष तथा सममाजसेवी कुमारी तामाङ , क्रियाटिभ सरसफाई प्र.लि.का अध्यक्ष तथा सममाजसेवी बबरमान तामाङ , प्रगाती महिला समुहको अध्यक्ष फुल माया गुरुङ , सफल ब्यावसयी रचना लामा लगायतलाई सम्मान गरेका छन् ।
कार्यक्रममा भुकम्प ,काेराेन , लकडाउन जस्ता विषम परिस्थितिमा अपाङ्गता भएका ब्यक्ति तथा सस्थालाई खाद्यन्न सहयोग गर्नु हुने गोकर्णेश्वर नगरपालिका वडा ८ निवासी  समाज सेवी भावना ठकुरी लाई सम्मान गरेको हो।
तस्विर


—————————————