आज: १६ बैशाख २०८१, आईतवार | Sun, 28, Apr, 2024

कर्णालीमा हिमपात(तस्बिरमा हेर्नुहोस्)

गोकर्णेश्वर खबर१८ माघ २०८०, बिहीबार १५:२१ मा प्रकाशित (२ महिना अघि) ४६ पाठक संख्या

काठमाडौं । कर्णालीका पहाडी तथा हिमाली जिल्लामा हिमपात सुरु भएको छ । पश्चिमी वायुको प्रभावले बिहीबार बिहानैदेखि जुम्ला, हुम्ला, कालीकोट, मुगु र डोल्पालगायतका जिल्लामा हिमापात सुरु भएको हो ।

लामो समयपछि हिमपात भएपछि हुम्लाका किसान खुसी भएका छन् । हिमपातपछि खेतबारीमा लगाइएको जेठासीवाली गहुँ, जौ, उवा, मसुरो, मटर लगायतका बालीको उत्पादन राम्रो हुने गर्छ ।

जुम्ला सदरमुका खलङ्गामसहित जिल्लाभर करिब आधा फिट हिउँ जमेको छ । ढिलोगरी हिमपात भएपछि हिउँदै बाली लगाएर आकाशे पानीको पर्खाइमा रहेका किसानलाई केही राहत भएको छ ।

माघ लाग्दा पनि हिउँ नपरेपछि खडेरी लाग्ने हो कि भन्ने किसान चिन्तामा थिए । जौ र गहुँबाली लगाएका किसान भने यो हिउँले निकै राहत भएको कृषि विकास कार्यालयले जनाएको छ । जुम्लालगायत माथिल्लो कर्णालीमा हिमपात भएसँगै हवाई सेवा अवरुद्ध भएको छ ।