आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

जाजरकोट र रूकुमका भूकम्प पीडितका लागि भेनसको सहयोग

गोकर्णेश्वर खबर१९ मंसिर २०८०, मंगलवार ०९:०३ मा प्रकाशित (४ महिना अघि) २२७ पाठक संख्या

काठमाडौँ । जाजरकोट र रुकुममा भएको भूकम्प पीडितका लागि गोकर्णेश्वर नगरपालिका -८ मा रहेको भेनस पब्लिक स्कूल र भेनस नेशनल कलेजले आर्थिक सहयोग तथा लत्ताकपडा हस्तान्तरण गरेको छ ।

भूकम्प प्रभावित परिवारलाई केही राहत स्वरूप रू ५१ हजार १ सय ११ नगदसहित १२ बोरा लत्ताकपडा हस्तान्तरण गरेको छ । काठमाडौँको गोकर्णेश्वरमा रहेको उक्त कलेजको सामाजिक क्लव अन्तरगत विद्यार्थी, शिक्षक÷ शिक्षिक र कलेज प्रशासनबाट संकलन गरेको सो रकम हस्तान्तरण गरिएको भेनस पब्लिक स्कूलका प्रिन्सिपल नेत्रप्रसाद दाहालले बताउनुभयो । जि।पी। कोइराला सामुदायिक कलेजका विभागीय प्रमुख समेत रहनुभएका प्रेम सिंह श्रेष्ठको नेतृत्वमा सहयोग संकलन भएको उहाँले बताउनुभयो ।

विद्यालयको सामाजिक उत्तरदायित्व अन्तरगत सो सहयोग गरेको क्यापम्सका अध्यक्ष पेमाछिरी शेर्पाले बताउनुभयो । भूकम्प प्रभावित क्षेत्रमा अझै राहतको अभाव झेलिरहेको भन्दै सहयोग सबैले क्षेत्रले सकेको सहयोग गर्नुपर्ने अध्यक्ष शेर्पाले बताउनुभयो । खाजाको पैसा छुट्याएर आर्थिक संकलनमा सहयोग पु¥याएको भन्दै अभिभावक र विद्यार्थीहरूलाई अध्यक्ष शेपाएले धन्यवाद दिनुभयो ।

जाँडो मौसमको समयमा घरविहिन बस्नुपर्ने बाध्यता भएका भूकम्प पीडितहरूलाई केही मलहमपट्टि हुने आशा व्यक्त गर्दै आज उक्त सहयोग हस्तान्तरण गरेको बताउनुभयो ।