आज: २७ बैशाख २०८१, बिहीबार | Thu, 09, May, 2024

बौद्धनाथ क्षेत्रविकास समितिद्धारा कक्षा ११ को छात्रवृत्तिका लागि सार्वजनिक आव्हान

गोकर्णेश्वर खबर१६ श्रावण २०८०, मंगलवार ०८:०२ मा प्रकाशित (९ महिना अघि) २३८ पाठक संख्या

काठमाडौं । श्री बौद्धनाथ क्षेत्र विकास समिति काठमाडौंले कक्षा ११ मा अध्ययनरत छात्रछात्राका लागि क्षात्रवृत्तिको सार्वजनिक आव्हान गरेको छ ।

समितिको बुधवार बसेको बैठकले काठमाडौं महानगरपालिका वडा नं ६ र यस वडासँग सिमाना जोडिएका निर्वाचन क्षेत्र नं ३ अन्तर्गतका नगरपालिकाका वडाभित्र रहेका संस्थागत विद्यालयमा कक्षा ११ मा अध्ययन गर्न चाहने ३७ जना छात्रछात्रालाई क्षत्रवृत्तिका लागि आव्हान गरिएको हो ।

गरिव, असहाय, विपन्न तथा जेहेन्दार विद्यार्थीले श्रावण मसान्त सम्म नियमपूर्वक दरखास्त दिन सक्नेछन् । दरखास्तका लागि समितिको कार्यालय टुसालमा सम्पर्क गर्न समेत क्षेत्रविकास समितिले जनाएको छ ।