आज: २२ बैशाख २०८१, शनिबार | Sat, 04, May, 2024

पानीट्याकी यूवा समूहद्धारा मृगौला पिडित संगतलाई २५ हजार आर्थिक सहयोग

गोकर्णेश्वर खबर२१ आश्विन २०८०, आईतवार १६:२९ मा प्रकाशित (६ महिना अघि) ६६४ पाठक संख्या

काठमाडौं । पानीट्याकी युवा समुहले मृगौला पीडीत असोक संगतलाई आर्थिक सहयोग गरेको छ ।

कामपा वडा नं ६ पानीट्याकी स्थाई बासिन्दा संगतलाई यूवा समूहले नगद २५ हजार सहयोग गरेको हो ।

दुई बर्षदेखि दुबै मृगौलाले काम गर्न छोडेर डाईलोसिस गर्दै आएकोमा उनको पानीट्यांकी युवा समुहले उपचारमा केहि राहत सहयोग हुने मनसायले सहयोग गरिएको संस्थाका अध्यक्ष उमेश सापकोटाले जानकारी दिए ।

उनले संस्थालाई माया गरेर स्वदेश, विदेश र मनकारी मनभएका महानुभावहरुले आर्थिक सहयोग गरेको रकम पीडीतलाई हस्तान्तरण गरिएको बताए ।

पानीट्यांकी युवा समुहका पदाधिकारी , सल्लाहकार र सदस्यहरु सहित मृगौला पिडितको निवासमै पुगेर स्वास्थ्यलाभको कामना सहित नगद हस्तान्तरण गरेका थिए।