आज: १६ बैशाख २०८१, आईतवार | Sun, 28, Apr, 2024

तामाङ भाषाको स्तरीकरण लागि तामाङ भाषा वैज्ञानिक सेमिनार

गोकर्णेश्वर खबर२७ आश्विन २०८०, शनिबार २२:३१ मा प्रकाशित (६ महिना अघि) १७५ पाठक संख्या

काठमाडौं । तामाङ भाषाको स्तरीकरणको लागि “तामाङ भाषा बैज्ञानिक सेमिनार” काठमाडौंमा सम्पन्न भएको छ । नेपाल तामाङ घेदुङ भाषा, लिपि तथा साहित्य विभाग र तामाङ राष्ट्रिय पुस्तकालयको आयोजनामा भएको एक दिने सेमिनारमा भाषा स्तरिकण सम्बन्धि विभिन्न ६ विषयका कार्यपत्रमाथि छलफल भएका हो ।

प्रा.डा. हेमङ्गराज अधिकारीले तामाङ भाषा स्तरिकरणमा कोडिकरणका अवधारणा, भाषा वैज्ञानिक डा. तारामाणि राईले तामाङ भाषाका भौगोलिक भेदहरुबिचको सहजता सम्बन्ध र भाषावैज्ञानिक डा. कृष्ण प्रसाद चालिसेले तामाङ भाषाको स्तरिकरणमा तामाङ वर्णविज्ञानको भुमिका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

यस्तै भाषा वैज्ञानिक भीमनारयाण रेग्मीले तामाङ भाषाको स्तरिकरणमा ऐतिहासिक भाषाविज्ञानको भुमिका, आइटिविज्ञ डा। बालकृष्ण बलको तामाङ भाषाको स्तरिकरणमा आइटि प्रविधीको भुमिका र भाषा वैज्ञानिक रामराजा लोहोनीको नेपालका प्राचिनतम भाषाको खोजि शिर्षकको कार्यपत्रमा छलफल भएको थियो ।

तामाङ भाषालाई बागमति प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा प्रयोगमा ल्याउने विधेयक पारित गरेपछि तामाङ सरकोकारवाला संस्थाहरु यसको लागि आश्यक तयारी स्वरुप छलफलमा जुटेका हुन् । छलफलमा प्रा. डा.बलराम प्रसाई, डा. ओमकारेश्वर श्रेष्ठ, प्रा.डा दानराज रेग्मी, मगरभाषाविद लोकबहादुर थापा मगर, तामाङ मातृभाषी अभियन्ता, शैक्षिक तथा समाजिक अभियन्तालगायतले सहभागिता जनाएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि भाषा आयोगका अध्यक्ष डा. ठाकुरले भाषाभाषीलाई अझैपनि राज्यले हेर्ने दृष्टिकोणमा परिवर्तन नआएको बताए । उनले सबैले सबैको भाषा तथा भेषभुषालाई सम्मान गर्न सकेमात्रै नेपाली नेपालीबिचको सदभाव बलियो हुने बताए । भाषा र भेषभुषा सम्बन्धमा संविधानमै कतिपय विषय संशोधन गर्नु आवश्यक रहेको भन्दै उनले भाषा आयोगकोतर्फबाट सरकारलाई ध्यानकर्षण गराउने काम भइरहेको जनाए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल तामाङ घेदुङका सहअध्यक्ष कुमारसिं घिसिङले तामाङ घेदुङको समन्वयमा तामाङ मातृभाषा शिक्षा विभिन्न स्थानिय तहका विद्यालयहरुमा संचालन भइरहेको बताए । तामाङ समाजका जबरजस्त रुपमा भाषा तथा लिपिमा विवाद भएको भनि हल्ला फैलाएपनि निरन्तर अभियान चलिरहेको र तामाङ भाषा स्तरिकरण गरी सरकारी कामकाजमा प्रयोगमा ल्याउन आश्यक तयारीका लागि प्रतिवद्ध रहेको उल्लेख गरे ।

भाषा आयोगका सदस्य एवं तामाङ पुस्तकालयका अध्यक्ष भाषाविद अमृत योन्जन तामाङले बागमति प्रदेशमा सरकारी कामकाजको भाषा कार्यन्वयनका लागि धेरै कामहरु बाँकीरहेको भन्दै त्यसका लागि द्रुतगतिमा काम गर्नुपर्नेमा जोड दिए ।