आज: २३ बैशाख २०८१, आईतवार | Sun, 05, May, 2024

रामेछाप सुनापतीस्थित शेरपलिङ केन्द्रका विध्यार्थीहरुलाई ज्याकेट र शैक्षिक सामग्री वितरण

गोकर्णेश्वर खबर७ पुष २०७८, बुधबार ०९:५६ मा प्रकाशित (२ साल अघि) ४३१ पाठक संख्या

७ पुस, कठमाण्डौ । रामेछाप सुनापतीमा रहेको बुद्ध धर्म सस्कृतीको हितमा काम गरिरहेको शेरपलिङ अध्ययन केन्द्रमा रही अध्ययन गरिरहेका विद्यार्थीहरुलाई ज्याकेट र शैक्षिक सामग्री बितरण गरिएको छ ।

समाजसेवी याङ योन्जन र बौद्धधर्म गुरु खेन्पो सर्बजित गोङ्वाले विध्यार्थीहरुलाई ज्याकेट र शैक्षिक सामग्री बितरण गरेका हुन ।

आर्थिक अबस्था कमजोर भएका ३६ जना विद्यार्थीहरुलाई ज्याकेट र शैक्षिक सामग्री बितरण गरिएको समाजसेवी याङ योन्जनले बताइन् ।