आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

लायन्स क्लब अफ काठमाडौं सुनाखरीसहित ३५ क्लबद्धारा बृक्षारोपण

गोकर्णेश्वर खबर१० श्रावण २०७७, शनिबार १९:३३ मा प्रकाशित (३ साल अघि) १३०८ पाठक संख्या

काठमाडौं – लायन्स क्लब अफ काठमाडौं सुनाखरीसहित ३५ क्लबले बृक्षारोपण   गरेका छन्।

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नं ६ चखण्डोल स्थित सामूदायिक बनमा ३५ क्लबको संयुक्त आयोजनामा बृक्षारोपण गरिएको हो ।

लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक्ट 325B2 नेपाल L/Y 2020/21 का गभर्नर लायन शम्भु नकर्मीले आह्वान गरे बमोजिम लाईन्स क्लब अफ काठमाडौं सुनाखरी सहित ३५ वटा क्लबको सहभागितामा आज सामूदायिक बनमा बृक्षारोपण गरिएको हो ।

क्लबका निवर्तमान गभर्नर लायन अनुप पाहडीको अगुवाईमा भएको बृहत बृक्षारोपण कार्यक्रमलाई लायन बिश्वनाथ खनालले संयोजन गरेका  थिए  । बृक्षारोपण कार्यक्रममा महत्वपूर्ण पदमा रहनु भएका लायन अगुवाहरुको उपस्थिति रहेको थियो।

लब्सी, रिट्ठा,अमला,तेजपत्त लगाएत अनेक प्रकारका सयौं बिरुवाहरु रोपिएको छ । प्रत्येक बर्षको जुलाई २५ लाई लाईन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक्ट 325 B 2 नेपालले बिशेष पर्बको रुपमा मनाउदै आएको छ।