आज: १६ बैशाख २०८१, आईतवार | Sun, 28, Apr, 2024

घोरासैनी तरुण दलको काठमाडौं क्षेत्र नं. २ (ख) को उपाध्यक्षमा मनोनित

गोकर्णेश्वर खबर१९ असार २०८०, मंगलवार ०६:५९ मा प्रकाशित (९ महिना अघि) २०२ पाठक संख्या

नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलको काठमाडौं क्षेत्र नं. २ प्रदेश (ख) उपाध्यक्षका लागि कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ५ का सविन घोरासैनी मनोनित मनोनीत भएका छन् ।

उपाध्यक्ष पदमा मनोनित भए पश्चात घोरासैनीले उनी भन्छन्, आफ्नो कार्यकालमा तरुण दल काठमाडौं क्षेत्र नं. २ प्रदेश (ख) ले मुहार फेर्ने विश्वास व्यक्त गरेका छन् । उनले आगामी दिनमा पार्टी र युवाको भावनालाई आत्मासाथ गरेर अघि बढ्ने बताएका छन् ।
नेपाल तरुण दलको विधी विधान र मर्यादा भित्र रहेर पार्टीलाई गतिशिल बनाउने बताएका छन् । उनले पार्टीलाई थप उचाइमा पुर्याउने विश्वास पनि दिलाएका छन् ।

काठमाडौं क्षेत्र नं. २ का तरुण दलका क्षेत्रीय अध्यक्ष पुरुषोत्तम चौंलागाद्वारा जारी मनोनयन पत्र