आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

राष्ट्रिय सभा अध्यक्षमा माओवादी केन्द्रका नारायण दाहालको उम्मेदवारी दर्ता

गोकर्णेश्वर खबर२८ फाल्गुन २०८०, सोमबार १७:२३ मा प्रकाशित (१ महिना अघि) ५३ पाठक संख्या

काठमाडौं । राष्ट्रिय सभा अध्यक्षका लागि नेकपा माओवादी केन्द्रका नारायणप्रसाद दाहालले मनोनयन दर्ता गराएका छन् । बानेश्वरस्थित संसद् भवनमा केही बेरअघि दाहालले उम्मेदवारीमनोनयन दर्ता गराएका हुन् ।

दाहालको प्रस्तावकमा माओवादी केन्द्रका सांसद् गोपीबहादुर सार्की आछामी र समर्थकमा एमालेका देवेन्द्र दाहाल, नेकपा एसका बेदुराम भुसाल र जसपाका मोहम्मद खालिद छन् ।

दाहाल सत्ता गठबन्धनका उम्मर्दवार हुन् । नेपाली कांग्रेसबाट युवराज शर्माले उम्मेदवारी दर्ता गराउँदै छन् ।

अध्यक्षका लागि मंगलबार चुनाव हुँदैछ । राष्ट्रिय सभाको अंकगणितअनुसार सत्ता गठबन्धनले अध्यक्ष सहजै जित्ने अवस्था छ ।

५९ सदस्यीय राष्ट्रिय सभामा माओवादीका १७, कांग्रेसको १६, एमालेका १०, नेकपा एसका ८, जसापका ३, लोसपा र राजमोका एकएक सदस्य छन् ।