आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024

इन्टर–लियो डिष्ट्रिक फुटसल टुर्नामेण्ट चैत १८ गते हुने

गोकर्णेश्वर खबर१६ चैत्र २०७९, बिहीबार २३:२९ मा प्रकाशित (१ साल अघि) १६५ पाठक संख्या

१६ चैत, काठमाडौं । लियोज इन्टरनेशनल क्लब डिष्ट्रिक ३२५ डि र ई को संयुक्त आयोजनामा “इन्टर–लियो डिष्ट्रिक फुटसल टुर्नामेण्ट” हुने भएको छ ।

चैत १८ गते शनिबार (अप्रिल १) नारायणटार जोरपाटीमा रहेको ब्रदर्श फुटसलमा टुर्नामेण्ट हुने आयोजकले जानकारी दिएका छन् । बिहिबार बौद्ध टुसाल स्थित बज्रबल क्याफेमा भएको प्रेस मिट तथा टाईसिट कार्यक्रम भएको थियो ।

कार्यक्रम लायन नबिनबज्र लामाको प्रमुख आतिथ्यता तथा लियो मिलन शाहीको विशेष आतिथ्यता तथा लियो रिग्जेन लामा, लियो आकाश अर्यालको आतिथ्यतामा भएको थियो । टुर्नामेण्टमा ९ वटा लियो क्लबका पुरुष ९ टिम र महिलाको ३ टिमले भाग लिनेछन् ।

टुर्नामेण्टको होस्ट क्लबहरुमा लियो क्लब अफ काठमाडौं नमोबुद्ध, लियो क्लब अफ काठमाडौं क्रिएटिभ, लियो क्लब अफ काठमाडौं साहस, लियो क्लब अफ काठमाडौं बौद्ध, लियो क्लब अफ काठमाडौं खास्ति, लियो क्लब अफ काठमाडौं गोकर्णेश्वर, लियो क्लब अफ काठमाडौं साँखु, लियो क्लब अफ काठमाडौं जोरपाटी, लियो क्लब अफ काठमाडौं सिम्रिक रहेका छन् ।

पुरुष तर्फ विजेताले नगद रु १० हजार र उपविजेताले ५ हजार नगद पुरस्कार पाउनेछन् । टुर्नामेण्टको स्पोन्सर शान्ताज् युनिसेक्स हेयर सैलुन, बज्रबल क्याफे, मामाघर रिसोर्ट र फ्रेन्च बेकरी रहेका छन् ।