आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

९ औं कागेश्वरी पर्यटन महोत्सव फागुन ७ गते हुने 

गोकर्णेश्वर खबर२ फाल्गुन २०७९, मंगलवार १९:१७ मा प्रकाशित (१ साल अघि) ९१ पाठक संख्या

२ फागुन, काठमाडौं । ९ औं कागेश्वरी पर्यटन महोत्सव फागुन ७ गते हुने भएको छ । कागेश्वरी मन्दिर व्यवस्थापन एवं पर्यटन विकास समितिका अनुसार कागेश्वरी क्षेत्रको धार्मिक तथा पर्यटकीय विकासका लागि फागुन ७ गते कागेश्वरी पर्यटन महोत्सव हुनेछ ।

यसैगरी कागेश्वरी मन्दिर क्षेत्रमा २०७९ फागुन २१ देखि २९ गतेसम्म धार्मिक पर्यटन भागवत ज्ञान महायज्ञ आयोजना हुनेछ ।

कागेश्वरी मनोहरा नगरपालिका वडा नं. १ का वडा अध्यक्ष मुकुन्द गजुरेलले फागुन ७ गते हुने ९ औं कागेश्वरी पर्यटन महोत्सव तथा फागुन २१ देखि २९ गतेसम्म धार्मिक पर्यटन भागवत ज्ञान महायज्ञमा सहभागि भई भव्य रुपमा सफल बनाउन अनुरोध गरेका छन् ।