आज: १६ बैशाख २०८१, आईतवार | Sun, 28, Apr, 2024

सुनौलो पाइला संस्थालाइ लायन्स क्लब द्वारा खाद्यान्न सहयोग

गोकर्णेश्वर खबर१९ असार २०८०, मंगलवार ०७:१६ मा प्रकाशित (९ महिना अघि) २११ पाठक संख्या

गोकर्णेश्वर नगरपालिका वडा ९ मा संचालित सुनौलो पाइला संस्थामा आश्रित बालबालिकाहरुलाई खाद्यान्न सहयोग गरिएको छ।

लायन बर्ष २०२३र२४ को पहिलो महिना जुलाई २०२३ लाइ ” डिजि सर्भिस मन्थ “को  अनुसार लायन्स क्लब अफ काठमाडौ नयाँपाटी भिक्टोरियस सहित १६ वटा क्लबको सहभागितामा आइतबार खाद्यान्न वितरण गरिएको हो ।

क्लबले चामल १० बोरा २५० केजी,दाल १० केजी,आँटा २० केजी , आलु ६०केजी, प्याज १० केजी , तेल १० लिटर , नुन ५ केजी डिस्ट्रिक गभर्नर लायन रमेश कुमार लामाको उपस्थितिमा सुनौलो पाइला संस्था संस्थापक अध्यक्ष रोजिना बिष्ट ९रोज) लाइ हस्तान्तरण गरिएको थियो ।