आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

भद्रबासका एकिकृत समाजवादीका युवा नेता सुवास पुडासैनी कांग्रेस प्रवेश 

गोकर्णेश्वर खबर२४ कार्तिक २०७९, बिहीबार १६:५८ मा प्रकाशित (१ साल अघि) ३८० पाठक संख्या

२४ कार्तिक, काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ३ भद्रबासका नेकपा एकिकृत समाजवादीका युवा नेता नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका छन् । गत स्थानीय चुनावमा वडा अध्यक्षमा उठेका सुवास पुडासैनी आज कांग्रेसमा प्रवेश गरेका हुन् ।

बिहिबार भद्रबासमा कांग्रेसका काठमाडौं क्षेत्र नं. ३ का सभापति तथा प्रतिनिधि सभाका उम्मेदवार सन्तोष चालिसेले टिका माला लगाएर पुडासैनीलाई पार्टी प्रवेश गराए । सो अवसरमा प्रदेश (ख) का उम्मेदवार विमल ठकुरी र समानुपातिक उम्मेदवार गोविन्द पुडासैनीले समेत खादा माला लगाएर पार्टीमा स्वागत गरेका थिए ।

सुवास पुडासैनीलाई पार्टी प्रवेश गराउन कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ३ का नेपाल तरुण दलका सभापति श्याम पुडासैनीले पहल गरेका थिए ।