आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

तामाङ रिक्रशनल रनिङ शिल्डको उपाधि माछापुच्छ्रेलाई

गोकर्णेश्वर खबर२२ आश्विन २०८०, सोमबार १८:५५ मा प्रकाशित (६ महिना अघि) ८२ पाठक संख्या

काठमाडौं ।अष्ट्रेलियाको सिड्नीमा आयोजित तामाङ रिक्रशनल रनिङ शिल्डको उपाधि माछापुच्छ्रे फुटबल क्लबले जितेको छ । तामाङ रिक्रशनल क्लब अष्ट्रेलियाको आयोजनामा भएको प्रतियोगितामा सेन्ट जर्ज फ्रेन्ड्स फुटबल क्लबलाई २-० ले हराउँदै माछापुच्छ्रेले उपाधि हात पारेको हो ।

क्लबको बार्षीक उत्सवको अवसरमा आयोजित प्रतियोगिताको उपाधि हात पार्दै माछापुच्छ्रेले ट्रफी, मेडल, टोपी र नगद १ हजार अष्ट्रेलियाली डलर पुरस्कार हात पारेको छ ।

७ ए साइडी मार्फत भएको प्रतियोगितामा उत्कृष्ट किपरको ट्रफी निरज श्रेष्ठले पाए भने सर्वाधिक गोलकर्ता बिनाम होना बने ।

त्यस्तै प्लेयर अफ टुर्नामेन्ट को उपाधि सुवास भुजेलले पाए । उपविजेता सेन्ट जर्ज फ्रेन्ड्सले ट्रफी, मेडल,टोपी र नगद पुरस्कार ५०० सय डलर प्राप्त गरेको छ ।

कार्यक्रममा टीआरसीसीका संस्थापक तथा वर्तमान सल्लाहकार अरुण के तामाङ,लक्ष्मी गृह ऋणको संचालक तथा प्रतियोगिताका टाइटल स्पोन्सर किशोर आचार्य,समाजसेवी,कबीर जोशी,रोहित खत्री लगायतका अतिथिहरुको उपस्थित रहेको थियो ।

विगतका बर्षहरुमा जस्तै यस बर्षपनि सिड्नीबासी नेपालीलाई लक्षित गरी नेपाली बासीहरुको एकता एंवम खेल प्रेमी खेलाडीहरुको सम्मानलाई मध्यनजर गर्दै प्रतियोगिता संचालन गरिएको क्लबका सचिब बैकुण्ठ डंगोलले जानकारी दिए ।

प्रतियोगिताको मुख्य प्रायोजकका रुपमा लक्ष्मी होम लोन छ भने सह प्रायोजकमा बोमजन अटोमोटिभ रहेको छ।

आयोजकले प्रतियोगितालाई १० औ संस्करण सम्म ल्याई पु¥याउन सहयोग गर्ने मुख्य प्रयोजक,सह प्रयोजक लगायत आर्थीक भौतीक सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गरेको छ