आज: १ जेष्ठ २०८२, बुधबार | Wed, 14, May, 2025

भदौ ३१ गते ४४ लाख डोज भेरोसेल खोप आउँदै

गोकर्णेश्वर खबर२७ भाद्र २०७८, आईतवार २२:०२ मा प्रकाशित (३ साल अघि) १९२ पाठक संख्या

काठमाडौं- सरकारले चीनबाट खरीद गरेको ४४ लाख डोज कोरोना विरुद्धको भेरोसेल खोप  आगामी बिहीबार (भदौ ३१ गते) नेपाल आइपुग्ने भएको छ।

सरकारले चीनसँग पछिल्लो पटक ६० लाख डोज भेरोसेल खोप खरीद गरेको थियो, जसमध्ये १६ लाख डोज खोप भदौ पहिलो साता भदौ ४ र ५ गते नै आइसकेको छ।

व्यवस्थापन महाशाखाका आपूर्ति शाखा प्रमुख उपेन्द्र ढुंगानाका अनुसार खोप लिनका लागि भदौ ३० गते हवाइजहाज चीन जाने र ३१ गते नेपाल आइपुग्ने गरी तयारी गरिएको छ।