आज: २३ बैशाख २०८१, आईतवार | Sun, 05, May, 2024

कतारमा रहेको नेपालीहरुले जिब्रोको क्यान्सरपीडितलाई गरियो आर्थिक सहयोग

गोकर्णेश्वर खबर२८ श्रावण २०७७, बुधबार २१:४९ मा प्रकाशित (३ साल अघि) ८५६ पाठक संख्या

कतार स्थित दोहामा रहेको नेपालीहरुले जिब्रोको क्यान्सरपीडितलाई आर्थिक सहयोग गरेको छ।

गण्डकी प्रदेश नवलपरासी जिल्ला देवचुली ९ निवासी जसे सोतिको नाति सन्त बहादुर सोतिको छोरा मेख बहादुर सोति जिब्रोको क्यान्सरबाट पीडित भै नेपाल सरकारबाट उपलब्ध गराएको घातक रोग उपचार सहयोगबाट उपचार गर्न नपुग भएकालेे निज परिवारको आर्थिक अवस्था अत्यन्तै कम्जोर रहेकोले कतार स्थित दोहामा रहेको Abu Issa Marketing & Distribution कम्पनीमा कार्यरत सुपरभाइजर मन्नु थडा मगर र सेल्स प्रमोटर काठमाडौं गोकर्नेश्वोर नगरपालिका वडा न ८ बस्ने सुरज नेपालको पहलमा र  Lulu Hyper Market मनि लाल,Family Airport Group पारस,Maskaar Hyper Market Group सुमन/कुन्दन बस्नेत,कुल्मान टिम,Nepali Gorkha Group,Carry fore Villaggio Team, मिलेर क्यान्सर पीडित मेख बहादुर सोतिलाइ २,१०,११८ रुपैया ime मार्फत सहयोग गरेका छन ।