आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

हमासको आक्रमण परी इजरायलमा ज्यान गुमाएका ३ नेपालीको शव पहिचान

गोकर्णेश्वर खबर१२ कार्तिक २०८०, आईतवार २१:०४ मा प्रकाशित (६ महिना अघि) २१५ पाठक संख्या

काठमाडौं । दक्षिणी इजरायलको किबुचमा आतंकवादी समूह (हमास) को आक्रमण परी ज्यान गुमाएका तीन जना नेपाली विद्यार्थीको शव पहिचान भएको छ।
तेलअभिभस्थित नेपाली राजदूतावासका अनुसार आक्रमणमा ज्यान गुमाएका पदम थापा, प्रवेश भण्डारी र राजन फुलाराको शव आइतबार पहिचान भएको हो।

योसँगै आठ जना नेपाली विद्यार्थीको शव पहिचान भइसकेको छ। बाँकी दुई जनाको शव पहिचानका क्रममा रहेको दूतावासले जनाएको छ।

इजरायल सरकारले सम्पर्कविहीन भएका विपिन जोशीको खोजी पनि जारी रोखेको दूतावासले जनाएको छ।

दूतावासका अनुसार हमासको आक्रमणमा परी घाइते भएका चार जना विद्यार्थीमध्ये दुई जना अस्पतालबाट डिस्चार्ज भएका छन्। डिस्चार्ज गरिएमध्ये एक जना नेपाल आइसकेका र अर्का एक जना दूतावासको रेखदेखमा छन्।

अन्य दुई जना घाइतेको भने इजरायलमै उपचार भइरहेको दूतावासले जनाएको छ।