आज: १६ बैशाख २०८१, आईतवार | Sun, 28, Apr, 2024

क्यानडामा सहयात्रा साँझ भब्यताका साथ सम्पन्न

गोकर्णेश्वर खबर६ मंसिर २०८०, बुधबार १८:३४ मा प्रकाशित (५ महिना अघि) १५४ पाठक संख्या

ब्राम्पटन, क्यानडा / फेस्टिभ मुडमै रहेका क्यानडामा बसोबास गर्ने नेपालीहरुलाई चर्चित गायक तथा संगीतकार यश कुमारले नेपाली संगीतको तिर्खा मेटाएका छन् । अक्टोबर १८ मा क्यानडाको मिसिसागामा आयोजित सहयात्रा साँझमा एक दर्जन बढी गीत प्रस्तुत गरेर बहुआयामिक तथा बहुप्रतिभाशाली गायक यशकुमारले नेपालीहरुलाई साँगितिक मनोरन्जन प्रदान गरेका हुन । हिजो अर्कैसँग देखे, आज अर्कैसँग देखे बोलको गीतबाट प्रस्तुती सुरु गरेका यशकुमारले सुस्तरी सुस्तरी…तिम्रो मन बदलिएछ, बिरानो यो मन्दिरमा…लगायतका दर्जन बढी गीतहरु पस्केर नेपाली संगीतप्रेमीहरुलाई भरपुर सांगितिक आनन्द दिलाएका थिए । यशकुमारको गीत सुन्न मिसिसागास्थित औताक पार्टी प्यालेसको हलमा टोरन्टो, ब्राम्टन र मिसिसागा शहरमा बसोबास गरी बिभिन्न पेशा, ब्यवसायमा आबद्ध सयौंको संख्यामा नेपालीहरुको उपस्थिति रहेको थियो । क्यानडामा रहेका नेपाली समुदायका बिचमा नेपाली कला, संस्कृति र सम्पदाको संरक्षण तथा प्रबद्र्धन गर्दै आइरहेको सहयात्रा नामक संस्था आयोजक रहेको सो साँगितिक साँझमा यसकुमारलाई साथ दिदै सयौ संगीतप्रेमीहरु गीत र नृत्यमा झुमेका थिए ।

संसारको जुनसुकै स्थानमा बसोबास गरे पनि नेपाली गीत संगीतलाई माया गर्न आब्हान गर्दै प्रस्तुति सुरु गरेका गायक यशकुमारले अन्तिमसम्मै दर्शकस्रोतालाई नचाएका थिए ।
निर्जला केसीले सन्चालन गर्नुभएको सो कार्यक्रममा हेरुका लामा, खेम ओली, मनोज बिक, स्मृति शाही, निरज संग्रौला, रिता बुर्लाकोटी , मानसिंह खड्का, अर्जुन रसाइली, जेबि निम्बा, सुरज कालाखेती, निर्मल बिश्वकर्मा, सुरज आचार्यलगायत दर्जनभन्दा बढी कालाकारहरुले धमाकादार सांगितिक कोसेली प्रस्तुत गरेका थिए ।


गीत संगीतका माध्यमबाट हाम्रो नेपाली मौलिक संस्कृतिलाई बिश्वभर स्थापित गर्न र नयाँ पुस्तामा हस्तान्तरण गर्न कार्यक्रमको आयोजना गरेको सहयात्राका अध्यक्ष सन्तोष बिश्वकर्माले जानकारी दिए । अध्यक्ष बिश्वकर्मा भन्छन, ‘गीत, संगीत मुलुकको मूल पहिचान हो । हामी जहाँ बसे पनि यो पहिचानको संरक्षण र प्रबद्र्धन आफैले गर्नुपर्छ र यो नै सच्चा राष्टबाद हो ।

क्यानडामा नेपालीहरुको आगमन बाक्लो भएसँगै नेपाली कला संस्कृतिको जर्गेनामा बिशेषरुपले ध्यान दिन आवश्यकता रहेको कुरालाई मध्यनजर गर्दै सहयात्रा साँझ कार्यक्रम आयोजना गरेको प्रायोजक सुरेन लामाले बताए । विदेशमा बस्ने नेपालीहरु आफ्नो मातृभूमिको पहिचानप्रति बढि संवेदनशिल हुने भएकाले उनीहरुको त्यो भावनालाई सम्मानका साथ बचाइ राख्न कार्यक्रमको आयोजना गरेको उनी बताउँछन ।

बिदेशमा बस्ने नयाँ पुस्तालाई नेपाली हुनुको गौरब गर्दै नेपाली गीत, संगितप्रति लगाव वढाउनका यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने ब्राम्हटनका नेपाली युवा ब्यवसायी क्रिजल अधिकारीले बताए । उनी थप्छन्, ‘नेपाली गीत संगीतलाई मायाँ गर्नेहरु क्यानडामा धेरै हुनुहुन्छ, उहाँहरुका लागी मनोरन्जन दिन र नेपाली संगीतको वजार विस्तारका लागी यस्ता कार्यक्रम फलदायी हुन्छन् ।
उक्त कार्यक्रमलाई एभरेष्ट रियल्टी लिमिटेड ब्रोकरेज, रींगम्यक्स रियल्टी ब्रोकरेज, उत्सव, चाडपर्व, लागर बियर, आईप्रो रियल्टी ब्रोकरेज, बम्बे बार एण्ड ग्रिल,दाहाल ल फम, बिसी स्टापिङ सोलुसन, हिमालयन फाईनान्स ग्रुप, शरद सीपीए व्यावसायिक कोपरेसन, कानूनी समाधानहरू व्यावसायिक कोपरेसन, भितावास ग्लोवल मार्केटिक, तरानाथ लामिछाने ड्राइभिङ प्रशिक्षक,कुमारी ज्वलर,जयसन्तोषी ज्वलर,सरस्वती ज्वलर,सरेन्द्र लामा,भिम रामदाम, लाएतबाट प्रायोजन भएको थियो ।
कार्यक्रममा गायक एम कुमारलाई सहयात्रा सम्मान गरिएको थियो ।