आज: २७ बैशाख २०८१, बिहीबार | Thu, 09, May, 2024

एनआरएनए बहराइनको अध्यक्षमा श्रेष्ठ चयन

गोकर्णेश्वर खबर७ श्रावण २०८०, आईतवार ०७:५० मा प्रकाशित (९ महिना अघि) ४३ पाठक संख्या

दोहा– गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद ९एनआरएनए० बहराइनको राष्ट्रिय महाधिवेशनले अध्यक्षमा राजु श्रेष्ठलाई चयन गरेको छ । अधिवेशनले सन् २०२३ देखि २०२५ को कार्यकालका लागि श्रेष्ठलाई अध्यक्ष पदमा निर्विरोध चयन गरेको हो ।

अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा तीर्थ भण्डारी, उपाध्यक्षमा भावना आचार्य, सन्त कुमार न्यौपाने, महिला उपाध्यक्षमा सुशीला खत्री , महासचिवमा संगीता खत्री, सचिवमा भुवन बिमली, सहसचिवमा नेत्रप्रसाद गैरे, कोषाध्यक्षमा, दीपक कुमार कर्ण र सहकोषाध्यक्षमा बासुदेव प्याकुरेल चयन भएका छन् ।

यस्तै, युवा संयोजकमा अमृत देवकोटा, संयोजकमा पवित्रा श्रेष्ठ, पर्यटक संयोजकमा अच्युतराज तिम्सिना र खेल संयोजकमा माशिव बिक चयन भएका छन् । महिला सदस्यमा अमृता सामेखम चुनिएकी छिन् ।

यसैगरी, समिति सदस्यहरूमा लक्ष्मी नारायण श्रेष्ठ, लक्ष्मण बिक, अनन्त अर्याल, विशाल खरेल, रामप्रसाद पुडासैनी, टेकमान बिक र गणेश बहादुर थापा रहेका छन् । आईसीसी सदस्यमा बिरेन्द्र बुढाथोकी चयन भएका छन् ।