आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

स्कटल्यान्डमा आगलागीमा परी पोखराका २ दिदीबहिनीको मृत्यु

गोकर्णेश्वर खबर१९ माघ २०८०, शुक्रबार १७:१९ मा प्रकाशित (२ महिना अघि) ४९ पाठक संख्या

काठमाडौं । आगलागीमा परी स्कटल्यान्डमा नेपाली दिदीबहिनीको मृत्यु भएको छ । स्कटल्यान्डको एबर्डिनमा सोमबार आगलागीमा हुँदा पोखराकी दिदीबहिनीको मृत्यु भएको हो ।

ब्याक हिल्टन रोडमा बस्दै आएका पोखराका २८ वर्षीया आँचल सुवेदी र २४ वर्षीया शिक्षा सुवेदी बसेको घरको तल्लो फ्ल्याटमा आगलागी भएको र उनीहरू बाहिर निस्किने क्रममा बेहोस भएको बताइएको छ ।

उनीहरूको घटनास्थलमै मृत्यु भएको स्कटिस अधिकारीहरूले जनाएका छन् । उनीहरु पोखरा युनिभर्सिटीका पूर्व प्राध्यापक डा यज्ञप्रसाद सुवेदीको छोरी हुन् ।