आज: १९ बैशाख २०८१, बुधबार | Wed, 01, May, 2024

एनआरएनएको नयाँ नेतृत्व चयनका लागि मतदान जारी,अध्यक्षका लागि बद्री,महेश आरके चुनावी मैदानमा

गोकर्णेश्वर खबर२ कार्तिक २०८०, बिहीबार १३:४३ मा प्रकाशित (६ महिना अघि) १४१ पाठक संख्या

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । भावी अध्यक्षका लागि बद्री केसी, महेश श्रेष्ठ र आरके (राजेन्द्र कुमार) शर्मा चुनावी मैदानमा छन् ।

अध्यक्षका प्रत्याशी तीनै जना उम्मेदवारहरू प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा छन् । नेपालमा रहेका एनआरएनएका प्रतिनिधिहरूले आज साँझ ६ बजेसम्म मतदान गर्न पाउने गरी व्यवस्था मिलाइएको छ ।

विदेशमा रहेका प्रतिनिधिले भने गए राति देखि नै अनलाइन भोटिङ गरिरहेका छन् । एनआरएनएको जारी ११औँ महाधिवेशनले अध्यक्ष, एक महिला र युवासहित आठ उपाध्यक्ष, एक महासचिव, ६ सचिव र कोषाध्यक्षसहित ७४ जना अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी चयन गर्नेछ ।

एनआरएनएमा सो ७४ पदका लागि संसारभरवाट एक सय २० जनाले उम्मेदवारी दिएका छन् ।