आज: २७ बैशाख २०८१, बिहीबार | Thu, 09, May, 2024

एनआरएन यूके स्कटल्याण्ड राज्य परिषदको उपाध्यक्षमा कमला श्रेष्ठको चर्चा

गोकर्णेश्वर खबर४ श्रावण २०८०, बिहीबार १४:०९ मा प्रकाशित (९ महिना अघि) ४४ पाठक संख्या

स्कटल्याण्ड –  एनआरएनए यूकेको निर्वाचन नजिकिंदै गर्दा यहां चुनावी रौनक बढेको छ । निर्वाचनको लगभग अन्तिम समय आए संगै माहोल तातेको हो ।

सामाजिक अभियन्ता चर्चित लोक गायीका कमला श्रेष्ठले स्कटल्याण्डका विभिन्न सहरहरुमा चुनावी अभियान तिब्र रुपमा अगाडी बढाए संगै उनको चर्चा चुलिएको छ ।

नेपाल स्कटल्याण्ड संघका पूर्व उपाध्यक्ष समेत रहेकी श्रेष्ठ विगत लामो समय देखिन् सामाजिक सेवामा सक्रिय छिन्।

संस्थाको छवी खस्किइरहेका बेला महिला तथा यूवाहरुको संलग्नता र उनीहरुको भिजनले मात्र संस्थागत सुधार हुन सक्ने उनी बताउंछन् । हामी भागेर होइन संस्थाभित्रै रहेर केही परिवर्तन गर्न सकिने आत्मविश्वासले म चुनावी मैदानमा छु’, उनले भनिन्।

एक कार्यकाल संस्थाभित्र रहेर धेरै अनुभव बटुलेको उनले बताईन् । ‘संस्था जतिसुकै संकटबाट गुज्रिंदा पनि म कहिल्यै विचलित भइन’, कमलाले भन्नि, ‘सामाजिक काम स्वार्थबाट प्रेरित हुनुहुन्न भन्ने मेरो मान्यता छ ।’

उनले मतदाता समक्ष आफूलाई मत दिन पनि अपिल गरेकी छिन् । एनआरएनए यूकेको निर्वाचन २२ जुलाईमा हुंदैछ ।