आज: २७ बैशाख २०८१, बिहीबार | Thu, 09, May, 2024

एनआरएनए यूके निर्वाचन अध्यक्षमा ४ उम्मेदवार, केही पद निर्विरोध

गोकर्णेश्वर खबर१८ असार २०८०, सोमबार १६:०६ मा प्रकाशित (१0 महिना अघि) १४० पाठक संख्या

लण्डन। गैरआवासीय नेपाली संघ यूकेको २२ जुलाईमा हुने निर्वाचनको लागि अध्यक्ष पदमा ४ जना उम्मेदवारले दर्ता गरेका छन्। एनआरएनए यूकेको निर्वाचन समितिका संयोजक चिरन्जीबी ढकालका अनुसार अध्यक्षमा दिनेश घिमिरे,हितकाजी गुरुङ, एलबिजेड गुरुङ र नारायण कंडेलको उम्मेदवारी परेको हो।

संघको ४ आइसीसी सदस्यको लागि ६ जनाको उम्मेदवारी परेको छ। सदस्यमा शुनिलबाबु खड्का, मोहन कार्की,विष्णु चालिसे,चन्द्र बहादुर गुरुङ, दिलराज गुरुङ र डा। सुनिल शाहको उम्मेदवारी परेकोे छ।

यस्तै संघको २ उपाध्यक्ष पदको लागि ज्ञानेन्द्र आले, सुरेश परियार,ओमन गौचन र कर्मा पहाडी शेर्पाको उम्मेदवारी परेको छ। राज्य परिषदमा लिलाराम निउरे ९आयरल्याण्ड० कृष्ण प्रसाद भण्डारी ९वेल्स० र मनिष खरेल ९स्कटल्याण्ड० छन्। यस्तै १ महिला उपाध्यक्षमा सपना खनियाको उम्मेदवारी परेको छ। वेल्स, स्कटल्याण्ड र आयारल्याण्डमा उपाध्यक्ष पदमा निर्विरोध भएको छ।

यस्तै महासचिवमा गोविन्द खरेल र बालकृष्ण भुषालले उम्मेदवारी दर्ता गराएका छन। कोषाध्यक्षमा विष्णु खरेलको मात्र उम्मेदवारी परेको छ। २ सचिवमा सरोज थापा,तिलक भट्टराई र मोहन ओलीले नाम दर्ता गरेका छन।

सहकोषाध्यक्षमा हेम गुरुङ र सुमन शर्माको उम्मेदवारी परेको छ। महिला संयोजकमा रोजिना गुरुङको मात्र उम्मेदवारी परेकोछ।

युवा संयोजकमा विकास नेपाल र सुजित शाहिले उम्मेदवारी दर्ता गरेका छन। यस्तै १२जनाको ठाउमा कार्यसमिति सदस्यको लागि ९ जनाको आवेदन परेको छ। जस्मा मिलन केसी,गंगा बहादुर क्षेत्री,पम्फा क्षेत्री ९बिनिता बस्नेत०,नारायण गिरी,मन बहादुर राई,सन्दीप पुडासैनी,राम थापा र काजीराज बोहोराको उम्मेदवारी परेको हो।

एनआरएनए वेल्स राज्यपरिषदको निर्वाचनमा कसैको पनि निवेदन नपरेको निर्वाचन समितिले जनाएकोछ। निर्वाचन समितिले आजै पहिलो नामावली प्रकाशन गर्ने तयारी गरेको छ ।